
काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार काठमाडौंमा सम्पन्न फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपाल एसिया कपमा छनोट भएको छ । सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले समूह ‘ए’ मा भारत र पाकिस्तानको सामना गर्नेछ ।