
काठमाडौँ :संघीय संसद्का दुवै सदनको चालु अधिवेशन आज (शुक्रबार) मध्य रातिदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२:०० बजेदेखि अन्त्य हुने विज्ञप्तिमार्फत जनाएका हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० साल वैशाख १५ गते शुक्रबार राति १२:०० बजेदेखि अन्त्य गरेको छु,’ कार्यवाहक राष्ट्रपति यादवद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भए ।