काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले नीजि क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्न नमिल्ने बताएका छन् ।
शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै उनले संसद्मा भएको अख्तियार सम्बन्धी विधेयकमा नीजी क्षेत्रलाई आयोगमा दायरमा ल्याउन खोजिएको भन्दै त्यसको विरोध गरे । उनले प्रधानमन्त्रीले यो व्यवस्था हटाउने प्रतिवद्धता व्यक्त गर्नु नीजी क्षेत्रका लागि सुखद भएको बताए ।”नीजि क्षेत्रलाइ अख्तियारले हेर्न मिल्दैन,” उनले भने, “अख्तियारक सम्बन्धी संसोधन विधेयकमा नीजि क्षेत्रलाइ आयोगको दायरमा ल्याउने कुरा सविधान विपरित छ ।”
अध्यक्ष ढकालले संविधानको धारा २३९ अनुसार नीजि क्षेत्रमा अख्तियार प्रवेश गर्न नमलिन्ने भन्दै यस विषयमा सरकार र दलहरु संवेदनशिल हुनुपर्ने बताए ।