चितवन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले याे उप चुनाव मात्रै नभएर प्राप्त उपलब्धिकाे रक्षा गर्ने कि नगर्ने सवाल रहेकाे बताएका छन् । आज चितवनकाे चुनावी कार्यक्रममा सभागि हुँदै नेता सिंहले गठबन्धनका साझा उमेदवारकाे जित भनेकाे लाेकतन्त्रबादिहरुकाे जित हुने बताए । जनताले आबेग मा नभै बिबेकले मतदान गर्नेमा आफू विश्वस्त रहेकाे भन्दै सधै सुखदुखमा उभिने सबैकाे घर आँगनमा सजिलै भेटिने उमेदवार का पक्षमा मतदान गर्नु भनेकाे राजनीति प्रतिकाे सम्मानसमेत हुने बताए ।
नेता सिंहले गठबन्धनकाे साझा उमेदवार जितनायण श्रेष्ठ सबैका लागि सर्बस्विकार्य उमेदवार रहेकाे बताउँदै चितवनकाे बिकास र सम्बृदिका लागि यस पटक जितनाराणलाई जिताउन अपिल समेत गरे ।
अहिले संविधान र ब्यवस्थाप्रति समेत प्रस्न चिन्ह खडा भएकाले काम गरेर जनतालाई चित्त बुझाउनुपर्ने जिम्मेवारी राजनीतिक दलहरु कै भएकाले जिम्मेवार राजनीतिदलका प्रति बिस्वास गर्न समेत आग्रह गरे । निराशाका बिचमा आशा जगाउँदै जनजिवन सहज हाेस भन्ने जनचाहाना पूरा गर्न सरकार लाग्नु पर्ने समेत नेता सिंहकाे भनाई थियाे । नेता सिहले राजनीति सजिलो बिषय नभएकाे समेत बताए । पहिले के भयाे कसाे भयाे बिर्सेर राजनीतिक सुझबुझर परिपक्व गठबन्धनका साझा उमेदवारका पक्षमा मत माग्न घरघर पुग्न सबैमा आग्रह समेत गरे ।
त्यस्तै, केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्ने हैन चितवनका जन्ताकाे माझमा परिचित उमेदवारलाई जिताउन आग्रह गरे । कार्यक्रममा बाेल्दै गठबन्धन का साझा उमेदवार नेपाली कांग्रेस नेता जितनारण श्रेष्ठ आफू जन्ताकाे सुखदुःख मा सधै रहने भन्दै भ्रष्टाचारका बिरुदमा लड्ने प्रतिबद्धता जनाए । नेता सिंह चुनावी कार्यक्रममा सभागि हुन आज चितवन आईपुगेेका हुन्