सिन्धुपाल्चोक । उज्यालो नेपाल पार्टीले मेलम्ची नगरपालिकामा प्रथम नगर कमिटी गठन गरेको छ। केशाङ राज तामाङको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी गठन गरिएको हो।
कमिटी गठन कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य दोर्जे स्याङ्बो प्रमुख अतिथिका रूपमा सहभागी थिए।
नगर कमिटी गठनसँगै मेलम्चीमा पार्टीको संगठन विस्तारलाई तीव्रता दिने तथा आगामी राजनीतिक गतिविधि र कार्यदिशालाई थप व्यवस्थित बनाउने तयारी अघि बढाइएको पार्टीले जनाएको छ।
नवनिर्वाचित नगर कमिटीले स्थानीय तहमा संगठनलाई सुदृढ गर्दै पार्टीका नीति, कार्यक्रम तथा अभियानलाई जनस्तरसम्म पुर्याउने लक्ष्य लिएको बताइएको छ।




