काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा परमेश्वर साहले उम्मेदवारी दिने भएका छन् । उनी विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय छन् । तीन दशक लामो राजनीतिक यात्राका क्रममा उनले लहान क्याम्पसबाट राजनीति थालेका थिए ।

उनी त्यहाँ स्ववियुमा सहसचिव, सिराहा जिल्लाको पदाधिकारी हुँदै नेविसंघ जिल्ला सभापति रहे । उनले करिब नौ वर्ष जिल्लाको नेतृत्व सम्हाले । साह नेविसघ  केन्द्रिय सहमहामन्त्री हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

उनी नेपाली कांग्रेसको विचार, लोकतन्त्र र जनताको पक्षमा निरन्तर सक्रिय राजनीतिक व्यक्तित्व हुन् । उनको राजनीतिक शैली संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध र जनताका स्थानीय मुद्दालाई प्राथमिकता दिने रहेको बताएका छन् ।

काठमाडौँमा जारी महाधिवेशनमा मंगलबार उम्मेदवारी दर्ताको समय रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको