काठमाडौँ । नेपाली कांग्रेसले भागबण्डा मिलाउनका लागि पदाधिकारीको संख्या बढाएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीको संख्या १४ बाट बढाएर २४ सदस्यीय बनाउने निर्णय गरेको हो ।

कांग्रेसभित्र पदाधिकारी बन्न आकांक्षी धेरै भएपछि भागबण्डा मिलाउन संख्या बढाउन लागिएको एक नेताले बताए । उनका अनुसार अब १ सभापति, १ वरिष्ठ उपसभापति, ३ उपसभापति, ३ महामन्त्री, १४, सहमहामन्त्री र १ कोषाध्यक्ष पदाधिकारीमा हुनेछन् ।

केन्द्रीय समिति बैठकले गरेको निर्णय महाधिवेशनको बन्दसत्रले पारित गरेपछि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको