ललितपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ को निर्वाचन प्रक्रियालाई लिएर विवाद  भएको छ। क्षेत्र नं. २ का विभिन्न पदका उम्मेदवार हरूले प्रक्रियामा धाँधली र भ्रामक सूचना सम्प्रेषण गरिएको आरोप लगाउँदै केन्द्रीय निर्वाचन समितिसँग बाँकी निर्वाचन प्रक्रिया तत्काल सुचारु गर्न माग गरेका छन्।

२०७८ असोज १४ गते केन्द्रीय निर्वाचन कार्यालय, सानेपा ललितपुरमा दर्ता गराइएको पत्रमा जिल्लास्थित निर्वाचन समिति र केही व्यक्तिहरूको रवैयाप्रति कडा आपत्ति जनाइएको छ।

विवादको मुख्य कारण के हाे ?
प्रक्रिया रोकिएकोस् उम्मेदवारहरूका अनुसार असोज १२ गते तय भएको कार्यतालिका अनुसार आवश्यक कागजात, दस्तुर र उम्मेदवारी दर्ताको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको थियो। त्यसपछि अन्तिम नामावली प्रकाशन हुनुपर्नेमा सहमतिको पहल गर्नेु भन्दै नामावली प्रकाशन रोकिएको थियो।

कुनै पनि उम्मेदवारसँग सम्पर्क र सहमति नगरी असोज १२ गते साँझ ६ बजे नै विद्युतीय सञ्चार माध्यमबाट सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न भयो भन्ने भ्रामक सूचना फैलाइएको उम्मेदवारहरूको आरोप छ। असन्तुष्ट उम्मेदवारहरूले उक्त भ्रामक सूचना नेपाली कांग्रेसको विधान, निर्वाचन सञ्चालन ऐन तथा प्रचलित कानुन विपरीत भएकाले बदरभागी हुने दाबी गरेका छन्।

उम्मेदवारहरूको माग के छ ? 
आकांक्षी उम्मेदवारहरूले यस्तो अपारदर्शी कदमप्रति असहमति र खेद व्यक्त गर्दै जिल्ला निर्वाचन समितिमार्फत रोकिएको बाँकी निर्वाचन प्रक्रिया विधान अनुसार निष्पक्ष रूपमा सम्पन्न गर्न जोडदार माग गरेका छन्।

उक्त निवेदनमा महाधिवेशन प्रतिनिधि खुला, जनजाति, खसआर्य, दलित, महिला, युवा, श्रमिक तथा अन्य पदका उम्मेदवारहरूले नाम, पद र सम्पर्क नम्बरसहित हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेहरूमा प्रकाश थापा, जय कुमार लामा, निराजन लुइँटेल, महेश राज पाैडेल, विजय गौतम, रितेन ढकाल, अनिता बजगाईं, उद्धव प्रसाद नेपाल, सहदेव तिमल्सिना लगायत महाधिवेशन प्रतिनिधिका उमेदवार रहेका छन्।

हेर्नुस् निवेदन-

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको