दैलेख : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गतेदेखि देशभर वडा तहबाट अधिवेशन प्रक्रिया सुरु हुँदै गर्दा दैलेखमा पनि अधिवेशनको तयारी अघि बढाइएको छ।

दैलेख जिल्लाका विभिन्न वडा तथा पालिकामा अधिवेशनको समयतालिकामा केही दिन तलमाथि हुन सक्ने भए पनि निर्धारित समयभित्रै अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ। आवश्यक देखिएका स्थानमा स्थानीय परिस्थितिअनुसार समय व्यवस्थापन गरेर अधिवेशन गरिने बताइएको छ।

महाधिवेशन प्रतिनिधि तथा संगठनात्मक समन्वयका लागि विभिन्न जिम्मेवारीसमेत तोकिएको जनाइएको छ। बिपी कोइरालाका पुत्र तथा कांग्रेस नेता शशांक कोइरालाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी यकेन्द्र पन्तलाई दिएको तथा क्षेत्र नम्बर १ मा मिलन विश्वकर्मालाई संयोजक र दिनेश हमाललाई सहसंयोजकको जिम्मेवारी दिइएको बताइएको छ।

असोज १५ गतेदेखि सुरु हुने अधिवेशनलाई नियमित तथा एकताको महाधिवेशनका रूपमा अघि बढाउने तयारी गरिएको छ। अधिवेशनमा पार्टीका अग्रज पुस्ता, लामो समयदेखि पार्टीमा योगदान दिएका नेता–कार्यकर्ता, युवा, १८-२८ उमेर समुहका जेनजी पुस्ताका,बिधान अनुसार प्रावधान राखुएको तथा कांग्रेस शुभेच्छुक सबैलाई महाधिवेशनमा भाग किन बन्चित नगरिने सवैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

कांग्रेसका युवा नेता विनोदकुमार शाहीले दैलेखमा लोकतान्त्रिक विधि र प्रतिस्पर्धाका माध्यमबाट अधिवेशन सम्पन्न गर्दै पार्टीलाई थप एकताबद्ध र रूपान्तरणमुखी बनाउनुपर्ने बताए।

“अधिवेशनमा अग्रज पुस्तादेखि पार्टीमा दुःख गरेका नेता–कार्यकर्ता, युवा, विद्यार्थी र शुभेच्छुक सबैलाई समेटिनुपर्छ। लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गरी पार्टीलाई रूपान्तरणको बाटोमा अघि बढाउनुपर्छ,” शाहीले भने।

उनले नियमित महाधिवेशनलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएर सबै तहका नेता–कार्यकर्ता सक्रिय सहभागिता जनाउनसमेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको