रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा रामेछापका युवा नेता सरोजबहादुर कार्कीले बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। गगनको गतिमा मेरो साथ भन्ने मुख्य नाराका साथ कार्कीले प्रदेश महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका हुन्। खाँडादेवी गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतरचयन भएका उनले पार्टीलाई थप गतिशील बनाउन आफ्नो दाबेदारी आवश्यक रहेको बताएका छन्।
विद्यार्थी राजनीतिदेखि नै नेपाली कांग्रेसमा सक्रिय कार्की व्यवसायका साथै सामाजिक कार्य र संगठन निर्माणमा निरन्तर क्रियाशील छन्। युवा पुस्ताको सशक्त सहभागिता र पार्टी संगठनको सुदृढीकरणलाई प्रमुख एजेन्डा बनाएका कार्कीले प्रदेश प्रतिनिधिमा निर्वाचित भएर युवाका मुद्दालाई प्रदेश तहसम्म प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।




