मकवानपुर : नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत जनजातितर्फ महाधिवेशन प्रतिनिधिमा प्रेम भोम्जन पुष्करले उम्मेदवारी घोषणा गरेका छन्। भोम्जनले आइतबार आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। लामो समयदेखि चलचित्र प्राविधिक क्षेत्रमा काम गर्दै आएका भोम्जनले राजनीतिमार्फत समाजसेवा गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताए।
नेपाली कांग्रेसले देशभर परिवर्तनको संकल्पसहित अघि बढिरहेको भन्दै उनले परिवर्तित कांग्रेसको पहिचान स्थापित गर्न, संगठन विस्तार गर्न र जनतामाझ पुग्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताएका छन्।




