काठमाडौं- सह–आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा शानदार प्रदर्शन गर्दै दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको छ ।

मेक्सिको सिटीस्थित Estadio Azteca मा शुक्रवार बिहान सम्पन्न सम्पन्न खेलमा जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गर्दै टोलीलाई विजयी सुरुआत दिलाए ।

 

खेलको नवौं मिनेटमै मेक्सिकोले अग्रता लिएको थियो । मिडफिल्डर Erik Lira ले बल खोसेर अवसर सिर्जना गरेपछि Julian Quinones ले गोलरक्षकको खुट्टामुनिबाट बल छिराउँदै विश्वकप २०२६ को पहिलो गोल गरेका थिए ।

पहिलो हाफभरि मेक्सिकोले खेलमा दबाब कायम राख्यो । क्विनोनेसको अर्को प्रहार पोस्टमा लागेर फर्किएको थियो भने Brian Gutierrez ले उत्कृष्ट अवसर खेर फाले ।

दोस्रो हाफको सुरुमै दक्षिण अफ्रिकालाई ठूलो झट्का लाग्यो। Sphephelo Sithole ले गोलतर्फ अघि बढिरहेका गुटिएरेजलाई फाउल गरेपछि रातो कार्ड पाए र टोली १० खेलाडीमा सीमित भयो।

त्यसको फाइदा उठाउँदै मेक्सिकोले ६७औँ मिनेटमा दोस्रो गोल थप्यो । Roberto Alvarado को उत्कृष्ट क्रसमा अनुभवी स्ट्राइकर Raul Jimenez ले हेडमार्फत गोल गर्दै विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गरे । ३५ वर्षीय जिमेनेजका लागि यो गोल विशेष रह्यो, किनकि उनले लामो प्रतीक्षापछि विश्वकप गोलको स्वाद चाखेका हुन् ।

खेलको अन्त्यतिर तनावपूर्ण अवस्था सिर्जना भयो । दक्षिण अफ्रिकाका Themba Zwane ले प्रतिद्वन्द्वी खेलाडीको अनुहारमा प्रहार गरेको भन्दै रातो कार्ड पाए । त्यसपछि मेक्सिकोका कप्तान Cesar Montes पनि अतिरिक्त समयमा फाउलका कारण मैदानबाट बाहिरिए ।

खेलाडी मूल्यांकन (मेक्सिको)

उत्कृष्ट प्रदर्शन

जुलियन क्विनोनेस – ८/१०

विश्वकप २०२६ को पहिलो गोलकर्ता बनेका क्विनोनेस मेक्सिकोका सबैभन्दा प्रभावशाली खेलाडी रहे । उनले गोल गरे, पोस्टमा प्रहार गरे र आक्रमणमा निरन्तर खतरा सिर्जना गरे ।

एरिक लिरा – ८/१०

मिडफिल्डमा ऊर्जावान प्रदर्शन गर्दै पहिलो गोलको आधार तयार पारे । बल नियन्त्रण र रक्षात्मक जिम्मेवारी दुवैमा उत्कृष्ट देखिए ।

राउल जिमेनेज – ७/१०

गोलसहित प्रभावशाली प्रदर्शन । थप गोल गर्ने अवसर भए पनि टोलीका लागि महत्वपूर्ण योगदान दिए ।

अन्य खेलाडी
Raul Rangel – ५/१०
Israel Reyes – ६/१०
Cesar Montes – ६/१०
Johan Vasquez – ६/१०
Jesus Gallardo – ६/१०
Alvaro Fidalgo – ६/१०
Brian Gutierrez – ५/१०
Roberto Alvarado – ६/१०

समूह ‘ए’ मा मेक्सिको बलियो दाबेदार

उद्घाटन खेलमै प्रभावशाली जित निकाल्दै मेक्सिकोले समूह ‘ए’ मा आफ्नो दाबेदारी मजबुत बनाएको छ । घरेलु समर्थकको साथ पाएको टोलीले उपाधि यात्राको सुखद सुरुआत गरेको छ भने दक्षिण अफ्रिकाले अब आगामी खेलहरूमा पुनरागमनको चुनौती सामना गर्नेछ ।

तस्विर सौजन्य: गोल/गेट्टी

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको