काठमाडौं– विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ मानिने फिफा विश्वकप २०२६ को उद्घाटन समारोह भव्य र सांगीतिक रूपमा विशेष हुने अपेक्षा गरिएको छ । पहिलो पटक तीन राष्ट्र– मेक्सिको, क्यानाडा तथा अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपका अवसरमा तीन वटै देशमा छुट्टा–छुट्टै उद्घाटन समारोह आयोजना गरिने भएको छ ।

आयोजकहरूले विश्वभर लोकप्रिय कलाकारहरूको सहभागितासहित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने तयारी गरेका छन् । विशेषगरी विश्व फुटबलसँग लामो समयदेखि जोडिएकी कोलम्बियाली गायिका शाकिरा मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहकी प्रमुख आकर्षण रहने बताइएको छ ।

मेक्सिको सिटीमा शाकिराको नेतृत्वमा भव्य उद्घाटन
जुन ११, २०२६ मा मेक्सिको सिठीमा आयोजना हुने उद्घाटन समारोहमा शाकिराले मुख्य प्रस्तोताका रूपमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । उनीसँगै विभिन्न देशका चर्चित कलाकारहरूले पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रममा नाइजेरियाली अफ्रोबिट्स स्टार Burna Boy, कोलम्बियाली गायक J Balvin, दक्षिण अफ्रिकी गायिका Tyla, मेक्सिकन गायक Alejandro Fernández, Belinda, Danny Ocean, Lila Downs, प्रसिद्ध मेक्सिकन रक ब्यान्ड Maná तथा Los Ángeles Azules ले समेत प्रस्तुति दिनेछन्।

टोरन्टोमा क्यानडाली कलाकारहरूको विशेष उपस्थिति
जुन १२, २०२६ मा Toronto मा हुने उद्घाटन समारोहमा क्यानडाका चर्चित कलाकारहरूको विशेष उपस्थिति रहने छ । समारोहमा विश्वप्रसिद्ध गायक Michael Bublé, रक स्टार Alanis Morissette, पप गायिका Alessia Cara, Jessie Reyez, Elyanna, Nora Fatehi, Sanjoy, Vegedream तथा William Prince ले सांगीतिक माहोल तताउने अपेक्षा गरिएको छ।

लस एन्जलसमा अन्तर्राष्ट्रिय सुपरस्टारहरूको जमघट
जुन १२ र १३, २०२६ मा Los Angeles मा आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा विश्व चर्चित कलाकारहरूको जमघट हुनेछ । अमेरिकी पप स्टार Katy Perry, र्‍यापर Future, के-पप सुपरस्टार समूह ब्ल्याकपिङ्ककी सदस्य LISA, ब्राजिली गायिका Anitta, नाइजेरियाली कलाकार Rema तथा दक्षिण अफ्रिकी स्टार टायला सहभागी हुने कार्यक्रम तय गरिएको छ।

विश्वकप फाइनलमा ऐतिहासिक हाफटाइम शो
विश्वकपको फाइनल खेल जुलाई १९, २०२६ मा आयोजना हुनेछ । फाइनल खेलको हाफटाइम शोलाई अझ भव्य बनाउन विश्व संगीत क्षेत्रका तीन ठूला नामहरूलाई समावेश गरिएको छ । आयोजकका अनुसार हाफटाइम शोमा शाकिरासँगै पप संगीतकी चर्चित गायिका म्याडोना तथा विश्वप्रसिद्ध के(पप समूह बिटिएसले विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

खेल र संगीतको विश्वव्यापी उत्सव
फिफा विश्वकप २०२६ केवल फुटबल प्रतियोगिता मात्र नभई विश्वव्यापी सांस्कृतिक र सांगीतिक उत्सवका रूपमा पनि प्रस्तुत हुने देखिएको छ । तीन महादेशीय आयोजक राष्ट्रहरूमा हुने उद्घाटन समारोह र फाइनलको विशेष हाफटाइम शोले विश्वभरका करोडौँ दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
फुटबलका रोमाञ्चक प्रतिस्पर्धासँगै विश्व चर्चित कलाकारहरूको प्रस्तुति पनि यस विश्वकपको प्रमुख आकर्षण बन्ने छ । विशेषगरी शाकिराको सहभागिताले विश्वकप र संगीतबीचको पुरानो सम्बन्धलाई पुनः जीवन्त बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको