काठमाडौं । धेरै जसो मानिसहरूलाई विश्वकप ट्रफी उठाउने दिग्गज खेलाडीको बारेमा कथाहरू सुन्न र जान्न पराउँछन ।
तर प्रायः कसैले पुरानो विश्व ट्रफीको बारेमा कुरा गर्दैनन् किनकी धेरैलाई यसबारेमा थाहा नै छैन् ।

पहिलो विश्वकप ट्रफी १९३० मा प्रस्तुत गरिएको थियो, जब फिफाले जुल्स रिमेटको नेतृत्वमा उद्घाटन प्रतियोगिता सुरु भएको थियो ।

फ्रान्सेली मूर्तिकार एबेल लाफ्लुरद्वारा डिजाइन गरिएको ट्रफीमा विजयकी प्राचीन ग्रीक देवी नाइकले प्याला बोकेको चित्रण गरिएको थियो। र, सुनले जलप लगाइएको र स्टर्लिंग चाँदीबाट बनाइएको थियो र

दोस्रो विश्वयुद्धको समयमा इटालियन फुटबल अधिकारी ओटोरिनो बारासीले नाजीहरूको हातमा नपरोस् भनेर रोममा ओछ्यान मुनि जुत्ताको बक्समा ट्रफी लुकाउनु परेको थियो भनेर फिफाको इतिहासमा लेखिएको छ ।

तर, इङ्गल्याण्डमा १९६६ को विश्वकप सुरु हुनु भन्दा केही महिना अघि सार्वजनिक प्रदर्शनीको क्रममा सो ट्रफी चोरी भयो । तर, दक्षिण लन्डनको बगैंचाको रुख मुनि अखबारमा बेरिएको अवस्थामा भेटियो, सो ट्रफी भेटाउन बेलायती पिकल्स नामक कुकुरले निकै मेहनत गरेको थियो ।

ब्राजिलले पहिलो पटक ३ पटक विश्वकप विजेता बने पछि १९७० मा ‘जुल्स रिमेट ट्रफी’ सधैका लागि ब्राजिलाई पहिलो पटक प्रदान गरियो, त्यो अघि पनि विश्वकपको ट्रफी बिजेता टिमलाई दिने चलन थिएन्, फिफाले नै राख्ने गरेको थियो । विश्वकप बिजेता टोलीलाई प्रतिकात्मक रूपमा मात्रै उचाल्न र प्रदर्शन गर्ने चलन थियो, जो अहिले पनि त्यही नियम छ ।

तर, १९८३ मा रियो दि जेनेरियोमा रहेको ब्राजिलियन फुटबल संघको मुख्यालयबाट सो ट्रफी अचानक चोरी भयो र त्यो कहिल्यै पनि फेला परेन। फिफाले भन्यो कि सो ट्रफी कसैले पगालेर अर्कै चीज बनायो, फिफाको सो आशंका माथी अहिले पनि व्यापक रूपमा विश्वास गरिन्छ।

तर, त्यसपछि फिफाले विश्वकपको आधुनिक युगको लागि ट्रफीको नयाँ डिजाइन सुरु गरयो । नयाँ ट्रफी इटालियन कलाकार सिल्भियो गाजानिगाले डिजाइन गरेका हुन, ३६ सेन्टिमिटर अग्लो र १८ क्यारेट सुनमा ढालिएको डिजाइन बनाए । सो अघि उनले युइएफए युरोपा लिग ट्रफीको पनि डिजाइन गरेका थिए।

फिफाले त्यो बेला भनेको थियो कि विश्वकप फुटबलको ट्रफीको डिजाइनबारे भनेको थियो, जसमा पृथ्वीलाई उठाउने दुई मानव आकृति हुनुपर्छ, जो फुटबलको विश्वव्यापी, एकताबद्ध भावनालाई पनि समेटन सकेको देखियो । सोही अनुसार अहिलेको विश्वकप ट्रफी तयार भयो ।

तर, यसअघि ब्राजिलवाट रहस्यमय रूपमा बेपत्ता भए पछि फिफाले भनेको थियो नयाँ विश्वकप ट्रफी कुनै पनि राष्ट्रलाई स्थायी रूपमा प्रदान गरिने छैन्, मात्र च्याम्पियन टिमलाई उचाल्न र प्रदर्शन गर्न दिइनेछ ।

र, नयाँ डिजाइनको विश्वकपको ट्रफी पहिलो पटक पश्चिम जर्मनीले १९७४ मा विश्व च्याम्पियन बने पछि प्रदर्शन गर्न र उचाल्न पाएको वीवीसीले उल्लेख गरेको छ ।

त्यसपछि विश्वकप च्याम्पियनहरूले अब खेल पछिको पुरस्कार समारोहको समयमा मूल ट्रफी भने आफ्नो हातले उचाल्न, चुम्न र अंगाल्न र प्रदर्शन गर्न भने पाउँछन् ।

त्यसपछि मुल ट्रफी फिफाले नै राखेर सुनको प्लेट गरिएको अर्को ट्रफी प्रतिकात्मक रूपमा मात्रै च्याम्पियन टोलीलाई दिइन्छ । देशमा लैजान पाउँदैनन ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको