राजन खत्री, रामेछाप : नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा बागमती प्रदेशस्तरीय रेफ्री सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वाधन र नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजनामा जेठ १६ र १७ गते दुईदिने आइटिएफ तेक्वान्दो सेमिनार रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा नम्बर ७गाल्पा मा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले गर्नुभएको थियो भने सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्वसदस्य, नेपाल आइटिएफ तेक्वान्दो महासंघका पूर्वअध्यक्ष तथा एसियाली तेक्वान्दो महासंघका कार्यकारी सदस्य अञ्जन धमलाको समेत उपस्थिति रहेको थियो ।

उक्त सेमिनारमा बागमती प्रदेशका ११ जिल्लाका ४३ जना खेलाडी तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको नेसनल तेक्वान्दो आइटिएफ एकेडेमीका संस्थापक सचिव तेजराज घिसिङले जानकारी दिए । प्रतियोगिता तथा खेल सञ्चालनमा आवश्यक प्राविधिक ज्ञान, नियम तथा रेफ्रीसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको उहाँ बताउनुहुन्छ । सेमिनारमा आइटिएफ तेक्वान्दो महासंघका सिनियर प्रशिक्षक आशिष कार्की र राजेश बोलाखेले प्रशिक्षण समेत दिएका थिए।

उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल सञ्चालन, निर्णायकको भूमिका, प्रतियोगिताका नियम तथा व्यवहारिक पक्षबारे प्रशिक्षण प्रदान गरेको जानकारी दिए पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको