काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त हुने भएका छन्। निवर्तमान अध्यक्ष विद्वान गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त स्थानमा पार्टी नेतृत्वले कोइरालालाई ल्याउन लागेकाे हाे ।

कोइराला कांग्रेसभित्र एक प्रखर र प्रभावशाली युवा नेताका रूपमा परिचित छन्। लामो समयदेखि विद्यार्थी राजनीति र पार्टीका विभिन्न तहमा सक्रिय रहँदै आएका कोइरालाले तरुण दलभित्र ऊर्जा थप्ने ठानिएको छ। निवर्तमान अध्यक्ष विद्वान गुरुङले केही समयअघि मात्रै व्यक्तिगत कारण र संगठनलाई नयाँ गति दिन मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएका थिए।

तर, सभापति गगन थापाकाे सचिवालयले भने भातृसंगठनकाे नेतृत्वमा निर्णय नभइसकेकाे बताएकाे छ । स्राेतका अनुसार नेविसंघमा भने कसलाई अध्यक्ष बनाउने भन्नेमा विवाद रहेकाे छ । साेही कारण तरूण दल र महिला संघमा नाम टुंगिएपनि निर्णय भने नभइसकेकाे कांग्रेसका एक पदाधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको