काठमाडौ :  गैर आवासीय नेपाली संघले पिपुल अफ नेपाली ओरिजिन ‘पिएनओ’काे अध्यक्षमा कुमार कार्कीलाई तोकेको छ । कार्की लामाे समय देखि पिएनओ अभियानमा सक्रिय हुदै आएका थिए । बर्मा, थाइल्यान्ड, मलेसिया ,फिजी लगायत सार्क राष्ट्र बाहेकमा बसोवास गर्दै आएका नेपालीहरुलाई नेपाली मुलको विदेशी नागरिकको रुपमा एनआरएनएमा जोड्ने उक्त अभियानमा सक्रिय भएका कारण कार्कीलाई जिम्मेबारी दिइएको हो । भर्खरै निर्वाचित एनआरएनएका अध्यक्ष हेमराज शर्माले कार्कीलाई ११४ औ आइसिसि वैठकवाट जिम्मेबारी दिएका हुन् ।

पीएनओ’ पिपुल अफ नेपाली ओरिजिन भनेका खास समय र कालखण्डमा नेपाल छाड्न पुगेका नेपाली हुन् । यो नेपालको सबैभन्दा पुरानो डायस्पोरा समाज पनि हो । नेपालीमुलका उनीहरुका पुर्खा ती देशमा पहिलो र दोस्रो विश्वयुद्धका क्रममा यसरी नै पुगेका थिए । त्यसबेलाको अवस्थामा नागरिकता बन्ने र बोकेर हिँड्ने कुनै चलन र परिपाटी थिएन यही कारण उनीहरु एनआरएनएको परिचयपत्र पाउनवाट छुटेपछि एनआरएनएले नै पिएनओ अभियान शुरु गरेको थियो ।

उनी थाइ नेपाली संघका पूर्व अध्यक्ष हुन् । सन् २०१७ देखि कार्की यो अभियानमा सक्रिय थिए । शेष घलेको कार्यकालदेखि उनी यो अभियानमा सक्रिय भएका थिए । उनले नेपाल सरकार र एनआरएनएका विचमा यही मुद्दालाई लविङ गराउदै नयाँ विधेयकमा पनि पिएनओको मुद्दा समेट्न सफल भएका छन् । उनी २०७२ सालको भुकम्पको समयमा नेपालमा खटिएका थिए । कार्कीको पहलमा नेपालकै पहिलाे नमुना बस्ती सिन्धुपाल्चाेकको माझी गाउँमा निर्माण गरेका थिए । उनी विभिन्न समयमा एनआरएनमा एनसिसीमा रहेर काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर