काठमाडौं : नेविसंघको सिनेट बैठक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा जारी छ । नेविसंघको आज चलिरहेको सिनेट बैठकमा विद्यार्थी संगठनको कार्यगत स्वायत्तता सम्बन्धी एजेन्डा पारित गर्ने तयारी भइरहेको छ। बैठकमा सिनेट सदस्यहरूले विद्यार्थी संगठनको आन्तरिक निर्णय प्रक्रिया र स्वतन्त्रता सुनिश्चित गर्ने विषयमा छलफल गरिरहेका छन्।

पारित भएमा उक्त एजेन्डाले विद्यार्थी संगठनलाई आफ्नै नियम, विधान र निर्णय प्रक्रिया अनुसार सञ्चालन गर्ने अधिकार कानुनी रूपमा पुष्टि गर्नेछ। यसले संगठनभित्र पारदर्शिता, जवाफदेहिता र जिम्मेवारी सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सिनेट बैठकमा सहभागी सदस्यहरूले विद्यार्थी नेतृत्व र विद्यार्थी अधिकारको संरक्षणका लागि यस कदमलाई महत्वपूर्ण मानिरहेका छन्।

जय नेपाल!

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको