काठमाडाैं : नेपाली काङ्ग्रेस पर्वतले निवर्तमान पार्टी जिल्ला सभापती खिम प्रसाद भुषाललाई एकल सिफारिस गरेर केन्द्र पठाएको छ । पार्टी सभापती शेर बहादुर देउवालाई सम्बोधन गरि पार्टी सभापती युवराज जोशिले भुषाललाई एकल सिफारिस गरेका छन ।
पार्टी सभापती जोशिले प्रदेश कार्यसमिती गण्डकी प्रदेशलाई बोधार्थ पनि दिएका छन्र । निवर्तमान सभापती भुषाल १०,११ र १२ औ महाधिवेशनमा पार्टी जिल्ला सचिवमा निर्वाचित भएर पार्टी हाके भने १३ औ महाधिवेशनमा जिल्ला सभापती भएर पार्टिलाई डोर्याए ।अहिले उनी महासमिती सदस्य छन् । पार्टी सभापति जोशिले हालसम्म भुषालले कुनै पनि पदको लाभ नलिएको र भुषाल ०६२र०६३ को ऐतिहासिक जनआन्दोलनमा घाइते भएको व्यहोरा उल्लेख गरेका छन ।
निवर्तमान सभापति भुषालको अगुवाइमा पार्टी सभापति शेर बहादुर देउवाले २०६६ साल कार्तिक ११ गते शिलान्यास गरेको जिल्ला स्थित विपि स्मृति भवन १२ बर्ष लगाएर २०७८ साल असोज ७ गते पार्टी सभापति तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाबाट समुद्घाटन गराएका थिए ।



