काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति उठ्ने घाेषणा गरेका छन् । कांग्रेसकाे १५ओै महाधिवेशन नजिकिएका बेला उनले बुधबार फेसबुकमार्फत उमेदवारी घाेषणा गरे । भण्डारी अघिल्लो महाधिवेशनमा शेखर काेइराला टिमबाट उपसभापति उठेका थिए ।
उनले लेखेेका छन्-
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित । तर देश जनता ,प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।



