काठमाडौं । हालै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोप्रति असन्तुष्टि जनाउँदै भोलि काठमाडौंमा हुने Gen Z पुस्ताको जुलुस लाई उज्यालो नेपाल अभियान ले समर्थन गर्ने घोषणा गरेको छ।

अभियानका संस्थापक कुलमान घिसिङले आईबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन्। उनले भनेका छन्, “सरकारले भर्खरै केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा Zen Z पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछौं।”

यसअघि पनि घिसिङ नेतृत्वको उज्यालो नेपाल अभियानले भ्रष्टाचार, सामाजिक अन्याय, र खराब शासनको विरुद्धमा आवाज उठाउँदै आएको छ। भोलिको जुलुसमा अभियानको ऐक्यबद्धताले आन्दोलनमा थप उर्जा दिने अपेक्षा गरिएको छ।

सरकारले केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको घोषणा पछि युवापुस्तामध्ये विशेषगरी Gen Z ले तीव्र असन्तुष्टि व्यक्त गर्दै विरोध प्रदर्शनको तयारी गरेको हो। भोलिको कार्यक्रम काठमाडौंको माईतीघरमा दिउँसो २ बजे सुरु हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर