काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्ष पदमा पाल्पाका मिनप्रसाद गिरी निर्वाचित भएका छन् । संघकाे आज सम्पन्न प्रथम अधिवेशनले गिरीलाई निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्षहरु लुना रिजाल र जनक बिश्वकर्मा तथा सचिवमा ओमबहादुर पुन र उप-सचिव संकृत अयार्ल ५ सदस्य पदाधिकारी सहित ५५ सदस्य कार्यसमिती निर्वाचित गरेको हो । निर्वाचित भए संगै गिरी भन्छन्, ` हाम्रो टिम एक दम राम्रो बनेको छ । पूर्वअध्यक्ष विद्याराज पाण्डेज्यूले थाल्नु भएको कामको बाँकी कार्यको सम्पन्न गर्ने, कसरी हुन्छ लुम्बिनी प्रदेश सम्पर्क कमिटीले प्रदेश भरका सम्पर्क कमिटीलाई मजबुद पार्ने बिगुलमा गठन भएका सम्पर्क कमिटीलाई प्रभावकारी हुनेगरी हाम्रो नव निर्वाचित कमिटीले काम गर्ने छ ।´ भोलीनै रुपन्देही जिल्ला सम्पर्क कमिटीको बिशेष भेला आयाेजना गर्ने पनि उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको कार्यकाल २ बर्षको रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर