नेपाली काँग्रेस महासमिति वैठक स्थल गाेदावरिमा काँग्रेस युवा नेता रञ्जित कर्णज्युकाे नेतृत्वमा “उद्धमशील युवा काँग्रेस” अभियानकाे हस्ताक्षर संकलन चलाइएकाे छ।

काँग्रेसका ७ वटै प्रदेश र डायस्पाेरावाट प्रतिनिधित्व गर्ने ९ जना महासमिति सदस्यहरुकाे समुहले १२वुदे संकल्प प्रस्ताव सहित महासमिति वैठक स्थलमा “उद्धमशील युवा काँग्रेस” अभियानकाे हस्ताक्षर संकलन गरिरहेका छन्।

सप्तरी वाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य रञ्जित कर्ण कर्णकाे संयाेजकत्वमा गण्डकी प्रदशकाे पर्वत जिल्लावाट महासमिति सदस्य राजेन्द्र तिवारि, लुम्बिनी प्रदेशकाे रुपन्देहीवाट प्रकाश राना, काेशि प्रदेशकाे ओखलढुङ्गावाट लिलावल्लव दाहाल,मधेश प्रदेशकाे धनुषावाट मनहरी श्रेष्ठ, कर्णाली प्रदेशकाे हुमलावाट अर्जुन महतरा, वाग्मती प्रदेशकाे रामेछापवाट विनिता खड्का, सुदुरपश्चिमकाे डाेटिवाट साेफान सिंह वाेहरा र डायस्पाेरावाट क्डानावाट महासमिति सदस्य चन्दा अधिकारी सहितकाे समुहले “उद्धमशील युवा काँग्रेस अभियान”काे हस्ताक्षर संकल चलाइराखेकाे छ। अभियानकर्ताहरु उद्धमशीलता सँग जाेडिएकन छन्।

ललितपुरको गाेदावरीमा जारी महासमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू, प्रभावशाली नेताहरू, युवा नेताहरू, महासमिति सदस्यहरूले यो अभियानमा ऐक्यबद्धतासहित हस्ताक्षर गरिरहेका छन्।

महामन्त्री गगन थापा, नेता शेखर कोइराला, शंकर भण्डारी , मिनेन्द्र रिजाल लगायतले हस्ताक्षर गरेका छन्। कर्णकाे नेतृत्वमा ९जना युवा नेताहरुले १२ बुँदे संकल्प प्रस्ताव तयार गरेका छन। उद्धमशील युवा कांग्रेस अभियान, अबको १० वर्षमा विकसित देश, मापदण्ड बनाई क्रियाशील सदस्यता वितरण, लोकतान्त्रिक विधिबाट उम्मेदवार चयनलगायत १० बुँदे संकल्प प्रस्ताव तयार गरिएको छ।

हाम्राे मुख्य उधेश्य उद्धमशिलता सहितकाे राजनीति हुनुपर्छ, काँग्रेसका हरेक तहका नेता, कार्यकर्ता उद्धमशीलतासँग जाेडिनुपर्छ,त्यसले राजनीतिमा भइरहेकाे भ्रष्टिकरण अन्त्य गर्न मद्धत पुग्छ। काँग्रेसले महासमिति वैठकमा पार्टिकाे नीति वनाउनुपर्छ। यसले अरु राजनीतिक दललाई पनि राष्ट्रिय सन्देश जान्छ। अहिले भइरहेकाे राजनीतिक भ्रष्टिकरणकाे नियन्त्रण र युवाहरुमा उद्धमशिलताकाे विकास हामी अाफुवाटै थालनी गर्नुपर्छ, हस्ताक्षर संकलन अभियानका संयाेजक काँग्रेस नेता रञ्जित कर्णले भने।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर