दाङ:नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले साथीहरूले परिवर्तन चाहन्छन् भने आफू पार्टी सभापति बन्न चाहेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस दाङले घोराहीमा ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले भने, ‘पार्टी सभापति भनेको अत्यन्तै महत्वपूर्ण विषय हो । म उत्सुक छु भन्दा पनि काबिल छु वा छैन हेर्नुपर्छ ।’

राष्ट्रको बिकेन्द्रीकरण भएर सात वटा प्रदेश बनेके भन्दै उनले नेपाली कांग्रेसलाई पनि बिकेन्द्रीकरण गराउनुपर्नेमा जाेड दिए । उनले आफु सभापती भए टिकट वितरणकाे अधिकार केन्द्रीकृत नगर्ने पनि बताए । ` म भोलिका दिनमा सभापति भए भने कुन गाउँपालिकाको कुन वडामा कसलाई दिने टिकट’, उनले भने,
‘टिकट कसलाई दिने केन्द्रलाई थाहा हुँदैन । हरेक गाउँको बारेमा केन्द्रलाई थाहा हुँदैन । सोध्दा पनि कसलाई सोध्छु भने आफ्नो मान्छेलाई सोध्छु । कुन मान्छे ठीक हो भनेर । त्यहिँको स्थानीयलाई दिनुपर्छ अधिकार । केन्द्रले हस्तक्षेप गर्नु हुँदैन ।´

`परिवर्तन ल्याउँछु, परिवर्तन हुँदिन´

पहिला आफू परिवर्तन हुनुस्, अनि अरुलाई परिवर्तन गराउनुस् । तपाईहरूले परिवर्तन गर्नुभएको छ’, उनले भने, ‘तपाईहरूले सभापति बनाउँदा त्यही मान्छेलाई भोट दिनु हुन्छ । तपाईहरू परिवर्तनको पक्षमा हुनुहुन्न । म परिवर्तनको पक्षमा छु । म परिवर्तन गर्छु भन्ने अठोट पनि लिएको छु ।’उनले भने, ‘म कस्तो व्यक्ति हो भने, म कहिल्यै मन्त्री भएको छैन । चारचोटी जिते । मन्त्री एकचोटी पनि भइन । मेरो दिमागमा नेपाली कांग्रेसलाई कसरी परिवर्तन गर्ने ? भन्नेछ । क्याटलिस्टका विद्यार्थी हुन्छन् । उसले परिवर्तन ल्याउँछ तर आफू परिवर्तन हुँदैन । त्यो क्याटलिस्ट बनाउन खोजेको छु ।’

कार्यक्रममा लुम्बिनी कांग्रेसका उप–सभापति एवम् स्वास्थ्यमन्त्री राजु खनाल, दाङ कांग्रेसका सभापति शंकर डाँगी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर