काठमाडौं : राष्ट्रिय सभामा उम्मेद्वार चयनका विषयमा कांग्रेसभित्र मतभेद देखिएकाे छ । महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाकाे कार्यशैलीमा असहमति जनाएका छन् । उनकाे छ बुँदे माैैखिक फरक मत छ ।
काँग्रेस संसदीय बोर्डमा महामन्त्री विश्वप्रकाश शर्माको-
——मौखिक विमतिको ६ बुँदा—–
१) उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग प्रष्ट असहमत l
२) संसदीय बोर्डलाई पुर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए बिधानमा किन राखेको ?
३) रास्ट्रीय सभाको बिशिस्टता बढाउने कर्तब्य दलहरूकै होइन र ? काँग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
४) समावेशीताको सिद्धान्त बिधानमा कि ब्यवहारमा ?
५) नेतृत्वले फरक विचार समुह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिनेे कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?
६) रास्ट्रीय सभाकै नेतृत्व गर्ने गरि अपवाद स्विकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।
तस्विर – फाइल



