काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

भट्टले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

आफ्नो उम्मेदवारीबारे उनले आफूलाई कांग्रेसका इमानदार कार्यकर्ताको विश्वास, परिवर्तन चाहने युवाको आवाज तथा अग्रज पुस्ताको अनुभव र मार्गदर्शन रहेको उल्लेख गरेका छन् । उनले सिंगो कांग्रेसलाई आफ्नो टिमका रूपमा लिएको बताएका छन् ।

भट्टले आफूलाई कांग्रेसको ‘जरासँग’ तुलना गर्दै पार्टीलाई बलियो बनाउन आफूले माटोमुनि बसेर काम गर्ने बताएका छन् । “म जरा नै रहिरहूँ, कांग्रेसको रुख अझ बलियो बनोस्,” उनले भनेका छन् ।

उनले आफ्नो उम्मेदवारी कुनै एक पुस्ताको मात्र नभएको बताएका छन् । ‘बा’देखि युवासम्म र दाइदेखि एआईसम्मलाई जोड्ने डिभाइस बन्न चाहेको उल्लेख गर्दै उनले परम्पराको सम्मान गर्दै परिवर्तनको बाटो रोज्ने अभियान आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

“अब कांग्रेसलाई केवल इतिहास सम्झिने होइन, इतिहास बनाउने पुस्तासँगै अघि बढाउने समय हो,” भट्टले भनेका छन् ।

उनले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिको माया, विश्वास, साथ र शुभेच्छाले अनुमोदन गरिदिन अपिल गरेका छन् ।

कांग्रेसलाई कार्यकर्ताले चाहेजस्तो बनाउन आफूले कुराभन्दा कामलाई प्राथमिकता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको