काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वकेन्द्रीय कार्यवाहक अध्यक्ष राजेशकुमार श्रेष्ठ पार्टीको आसन्न १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य लड्ने भएका छन् । विद्यार्थी आन्दोलनबाट उदाएका श्रेष्ठ तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

कांग्रेसको केन्द्रीय अधिवेशन यही १८ असोजबाट शुरू हुँदै छ । उक्त अधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचन लड्ने तयारी गरेको उनले बताए । ` देशभरबाट युवा साथीहरूले केन्द्रीय नेतृत्वमा लड्का लागि दबाब दिइरहनुभएकाे छ । उहाँहरूकाे भावनाकाे कदर गर्नुपर्छ भन्ने साेचमा पुग्दैछु । अझै छलफलमै छु, ´ उनले भने ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको