काठमाडौं । कांग्रेस संस्थापन इतर समूहले ३ हजार बढी वडामा अधिवेशन सम्पन्न गरेको छ । बिहीबारबाट सुरु भएको उक्त पक्षले तीन हजार १९१ वडामा अधिवेशन गरेको हो । देउवा समूहले सात वटै प्रदेशमा वडा अधिवेशन भएको बताएको छ । कोसी प्रदेशका एक हजार १५७ वडामा ५७७ वडामा अधिवेशन सकिएको छ। मधेस प्रदेशका आठ जिल्लामा वडा अधिवेशन भएको छ । मधेस प्रदेशका एक हजार २७१ वडामा ४०२ वडामा अधिवेशन सकिएको कांग्रेस इतर पक्षले बताएको छ ।
वाग्मती प्रदेशका १३ जिल्लामा वडा अधिवेशन भएका छन् । बाढीबाट प्रभावित रसुवामा भने वडा अधिवेशन नभएको कांग्रेस इतरपक्षले बताएको छ। वाग्मती प्रदेशका एक हजार १२१ वडामध्ये ५६३ मा अधिवेशन सकिएको छ । गण्डकी प्रदेशका १० जिल्लामा वडा अधिवेशन भएका छन् । कांग्रेस नेता मणीभद्र कँडेलकी श्रीमतीको निधन भएका कारण बागलुङ जिल्लामा भने, वडा अधिवेशन भएका छैनन् । गण्डकी प्रदेशका ७५९ मा ३८६ जिल्लामा वडा अधिवेशन सकिएको छ ।

कांग्रेस देउवा पक्षले लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा वडा अधिवेशन गरेको छ । लुम्बिनी प्रदेशका ९८६ वडामा ५५० मा अधिवेशन सकिएको हो। कर्णाली प्रदेशका १० वटै जिल्लामा वडा अधिवेशन भएका छन् । कर्णाली प्रदेशका ९८६ वडामा ५५० मा वडा अधिवेशन सकिएको कांग्रेस इतरपक्षले बताएको छ । उता, देउवाको गृह प्रदेश सुदूरपश्चिममा ७३४ वडा रहेकोमा ४५६ वडामा अधिवेशन सकिएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका वडाहरूमा अधिवेशन भएको हो ।

नेपाली कांग्रेसको देउवा समूहले मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्दै छ । सोही महाधिवेशन अन्तर्गत बिहीबारदेखि वडा अधिवेशन सुरु गरिएको हो । बाँकी रहेका वडाहरूमा शुक्रवार र शनिवार वडा अधिवेशन हुने कांग्रेस इतरपक्षले बताएको छ । तीन हजार ५५२ वडामा कांग्रेस इतरपक्षले अधिवेशन गर्न बाँकी रहेको छ ।





