काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यक्रम तालिका सार्वजनिक गरेको छ । काठमाडौंमा १८ असोजबाट सुरु हुने महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरिएको हो । कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सार्वजनिक गरेको विज्ञप्तिमा असोज १५ गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन गर्ने उल्लेख गरिएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेसन दर्ता १६ र १७ गते हुनेछ । असोज १८ गते दिउँसोको २ बजे खुल्ला मञ्च, टुँडिखेलमा महाधिवेशनको उद्घाटन गरिने उल्लेख गरिएको छ । महाधिवेशनको बन्दसत्र असोज १९ र २० गते हुने छन् । कांग्रेसले निर्वाचनको कार्यक्रम असोज २१ र २२ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

देशका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण महाधिवेशन १६ गतेबाट सरेको कांग्रेसले बताएको छ । केन्द्रीय महाधिवेशनमा सात हजारको संख्यामा प्रतिनिधि आउने कांग्रेसले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको