रामेछाप — नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशन रामेछापमा आज भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा जिल्लाभरबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनमा जम्मा १ हजार ७ सय ८४ जना मतदाता रहेकोमा १ हजार ७ सय १३ जनाले मतदान गरेका छन्। रामेछाप जिल्लामा दुईवटा क्षेत्र रहेका छन्। प्रदेश क’ मा ८ सय ७२ मत र प्रदेशसभा ‘ख’ मा ८ सय ४१ मत खसेको जनाइएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको क्रममा रामेछापमा देखिएको उत्साह र सहभागिताले पार्टीभित्र सशक्त युवा पंक्तिको अग्रसरता बढ्दै गएको समेत देखाएको छ। जिल्ला अधिवेशनमा युवाहरूको सक्रिय सहभागिता र नेतृत्वप्रतिको चासोले कांग्रेसभित्र नयाँ पुस्ताको भूमिका थप प्रभावकारी बन्दै गएको संकेत गरेको छ।

रामेछाप जिल्ला अधिवेशनले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै आगामी दिनमा युवा पुस्तालाई नेतृत्व र जिम्मेवारीमा अघि बढाउने बहसलाई समेत थप बल दिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको