रामेछाप । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा रामेछापमा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्। यसैक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य सौरभ केसीले युवा कांग्रेस क्लस्टरतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ।

खाँडादेवी गाउँपालिका–६ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा चयन हुनुभएका केसीले युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय महाधिवेशनमा सहभागी हुने लक्ष्यसहित आफ्नो दाबेदारी अघि सार्नुभएको हो।

नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा संगठनमा सक्रिय रहँदै आउनुभएका केसीले युवाको सहभागिता, संगठन सुदृढीकरण तथा पार्टीभित्र नयाँ पुस्ताको अर्थपूर्ण भूमिकालाई प्राथमिकतामा राख्दै आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको बताइएको छ।

पार्टीको तल्लो तहदेखि नै संगठनमा सक्रिय रहँदै आउनुभएका केसीले क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी प्राप्त गरेसँगै युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने तयारी गर्नुभएको हो।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। पार्टीको निर्धारित कार्यतालिकाअनुसार असोज १२गतेदेखि १३गतेसम्म रामेछाप जिल्ला महाधिवेशन हुँदैछ।

रामेछापमा पनि वडा तहको अधिवेशन सम्पन्न भइसकेको र अब क्रमशः माथिल्ला तहका अधिवेशन तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशनमा आफ्नो आवाज प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित केसीले आफ्नो दाबेदारी अघि बढाउनुभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको