काठमाडौं : लुम्बिनी एकेडेमिक कलेज / विधालयले आफ्नो शैक्षिक यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा\+२ तथा बिसिए तहका विद्यार्थीहरूको दीक्षान्त समारोह नेपाल पुलिस क्लब, काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दीक्षान्त समारोहमा स्नातक तथा उच्च माध्यमिक तह सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई सम्मानपूर्वक दीक्षित गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै उनीहरूको अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा भविष्यप्रतिको प्रतिबद्धताको पनि उच्च मूल्यांकन गरिएको थियो।

लुम्बिनी एकेडेमिक कलेजले पछिल्ला तीन वर्षमा \ +२ तहमा क्रमशः ९२ प्रतिशत, १०० प्रतिशत र ९१ प्रतिशत नतिजा हासिल गर्दै चाबहिल, जोरपाटी तथा काठमाडौंको पूर्वी क्षेत्रकै उत्कृष्ट नतिजा दिने शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचान कायम राख्न सफल भएको छ। निरन्तर उत्कृष्ट शैक्षिक उपलब्धिका कारण कलेज विगत दुई दशकदेखि चाबहिल क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित रहँदै आएको छ।

यसैगरी, लुम्बिनी एकेडेमिक कलेजले स्नातक र \+२ तहको शिक्षामा दुई दशक (२० वर्ष)को गौरवपूर्ण यात्रा पूरा गरिसकेको छ। दुई दशकको अनुभव, गुणस्तरीय शिक्षण, सक्षम शिक्षक टोली, आधुनिक शिक्षण प्रणाली तथा विद्यार्थीमैत्री वातावरणका कारण कलेजले हजारौं दक्ष, सक्षम र सफल जनशक्ति उत्पादन गर्दै आएको छ।

समारोहका अवसरमा संस्थाको शैक्षिक विकासमा लामो समय देखी महत्वपूर्ण योगदान पुर्‍याउनुभएका शिक्षक शैलेश नेपाल र प्रदीप पन्तलाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यसैगरी शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउनुभएका शिक्षाविद् नारायण प्रसाद नेपाललाई पनि विशेष सम्मान अर्पण गरिएको थियो।

सम्मानित भए लगतै आफ्ने मन्तब्यको क्रममा शिक्षाविद् नारायण प्रसाद नेपालले असफलता नै सफलताको पहिलो कदम हो भन्दै सम्मानका लागि विधालय परिवार प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरी उपस्थित सबैको मन जितेका थिए। कलेजका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको लाइभ ब्यान्ड प्रस्तुति पनि समारोहको विशेष आकर्षण बनेको थियो। साथै, लुम्बिनी एकेडेमिक कलेज संग सहकार्य हुँदै आएको कथालय एजुकेश्नल कनसल्टेन्सीका निर्देशक बिनोद क्षेत्रीको सृजनात्मक प्रस्तुतिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक रबिन चन्द्र कोइरालाले लुम्बिनी केवल प्रमाणपत्र दिने संस्था नभई जीवन निर्माण गर्ने शिक्षालय भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई जीवनभर सिक्ने, नेतृत्व गर्ने र समाजप्रति उत्तरदायी नागरिक बन्न प्रेरित गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, अनुशासन, नवप्रवर्तन र रोजगारमुखी शिक्षालाई संस्थाले सदैव प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी क्याम्पस प्रमुख रबिन भट्टराईले विद्यार्थीहरूको सफलतामा शिक्षक, अभिभावक तथा संस्थाको संयुक्त प्रयासको महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न संस्था प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

प्राचार्य स्मृति शर्माले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई चरित्र निर्माण, जिम्मेवारी बोध र समाज परिवर्तनको आधार भएको उल्लेख गर्नुभयो।

समारोह भर उत्साह, प्रेरणा, सम्मान र खुसीको वातावरण छाएको थियो। विद्यार्थी तथा अभिभावकहरूले कलेजले प्रदान गरेको गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा, अनुशासित वातावरण तथा विद्यार्थीको समग्र व्यक्तित्व विकासप्रतिको प्रतिबद्धताको उच्च प्रशंसा गरेका थिए।

२० वर्षको गौरवशाली इतिहास, उत्कृष्ट शैक्षिक उपलब्धि, अनुभवी शिक्षक टोली तथा विद्यार्थीको सर्वाङ्गीण विकासप्रतिको निरन्तर समर्पणका साथ लुम्बिनी एकेडेमिक कलेज / विधालयले आगामी दिनहरूमा पनि गुणस्तरीय शिक्षाको नयाँ मापदण्ड स्थापित गर्दै जाने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको