६ असार, काठमाडौं । स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।

बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ।

मोरक्कोको जितमा इस्माइल साइबारीको निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै मोरक्कोको जितका लागि पर्याप्त भयो । ब्राहिम डियाजले दिएको उत्कृष्ट पासलाई उनले गोलमा परिणत गरे।

खेल फर्किन केही राम्रो अवसर पाएपनि स्कटल्यान्ड सफल हुन सकेन।

समूह ‘सी’ मा मोरक्कोले २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ। मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो ।

हाइटीलाई हराएको स्कटल्यान्ड ३ अंकसहित दोस्रो स्थानमा छ । एक खेल खेलको ब्राजिल एक अंकसहित तेस्रो र हाइटी अंकविहीन रहँदै चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको