काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरू रोमाञ्चक बन्दै गएका छन् । समूह ‘सी’ मा स्कटल्यान्डले हैटीलाई १–० गोलले पराजित गर्दै सन् १९९० पछि विश्वकपमा आफ्नो पहिलो जीत दर्ता गरेको छ ।

 

आइतवार बिहान खेलिएको यो खेलको २८औँ मिनेटमा जोन म्याकगिनले गरेको गोल नै निर्णायक बन्यो । यस जीतसँगै स्कटल्याण्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

 

यसअघि समूह ‘सी’ कै अर्को खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेले । मोरक्कोले अग्रता लिए पनि भिनिसियस जुनियरको उत्कृष्ट गोलमार्फत ब्राजिलले बराबरी फर्काएको थियो ।

 

समूह ‘डी’ मा अष्ट्रेलियाले टर्कीविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएको छ । युवा फरवार्ड नेस्टोरी इरानकुन्डाले गरेको गोलले अष्ट्रेलियालाई बलियो स्थितिमा पुर्याएको छ ।

आइतवार राति खेलिने अन्य खेलहरूमा जर्मनीले कुरासाओसँग तथा नीदरल्याण्ड्सले जापानसँग प्रतिस्पर्धा गर्नेछन् । जर्मनी र कुरासाओबीचको खेल आज राति १०ः४५ बजेदेखि प्रारम्भ हुने ।

त्यस्तै जापान तथा नेदरल्याण्ड्सबीचको खेल मध्यराति १ः४५ बजेदेखि प्रारम्भ हुनेछ । सोमवार बिहान ४ः४५ बजदेखि प्रारम्भ हुने आइभोरी कोस्ट तथा इक्वेडरबीच पनि महत्वपूर्ण खेल हुँदैछ । त्यस्तै सोमवार बिहानः ७ः४५ बजेदेखि प्रारम्भ हुने स्विडेन तथा ट्यूनियसाबीचको खेल पनि रोमाञ्चाक हुने अनुमान छ ।

यी खेलहरूले समूह ‘ई’ र ‘एफ’ को समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

४८ टोली सहभागी रहेको यस विश्वकपमा प्रत्येक अंक महत्वपूर्ण बन्दै गएको छ । समूह चरण पार गरेर नकआउट चरणमा पुग्ने लक्ष्यसहित सबै टोलीहरू कडा प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको