काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को महत्त्वपूर्ण खेलमा अष्ट्रेलियाले टर्कीमाथि २–० को प्रभावशाली जीत दर्ता गरेको छ ।
खेलको पहिलो हाफमा नेस्टोरी इरानकुन्डाले २७औँ मिनेटमा गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा अष्ट्रेलियाले अर्को गोल थप्दै आफ्नो जीत सुनिश्चित गर्यो । अष्ट्रेलियाका सि मेटकाmले ७५ मिनेटमा दोस्रो गोल गर्दै आफ्नो टीमको गोलखसंख्या दोब्बर बनाएका हुन् ।
टर्कीले बल नियन्त्रणमा राम्रो प्रदर्शन गरे पनि अष्ट्रेलियाको बलियो रक्षा पङ्क्ति र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न असफल रह्यो । अर्कोतर्फ अष्ट्रेलियाले प्राप्त अवसरहरूलाई सदुपयोग गर्दै महत्त्वपूर्ण तीन अंक आफ्नो पक्षमा पार्न सफल भयो ।
यो जीतसँगै अष्ट्रेलियाले समूह ‘डी’ मा आफ्नो अभियान उत्कृष्ट रूपमा प्राम्भ गरेको छ भने टर्कीले आगामी खेलहरूमा पुनरागमन गर्नुपर्ने दवाव सामना गर्नेछ ।



