काठमाडौं : फिफा विश्वकप २०२६ को समूह बी अन्तर्गतको दोस्रो खेलमा कतार र स्विट्जरल्यान्डले १–१ बराबरी खेलेका छन्।

सनफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटमा थप गरिएको ६ मिनेटको पाँचौैं मिनेटमा बोउलेम खोउखीले गोल गर्दा स्विट्जरल्यान्डले कतारले स्विट्जरल्यान्डसँग अंक खोसेको हो।

पहिलो हाफको १७ औं मिनेटमा ब्रिल इम्बोलाको पेनाल्टीमार्फत गोल मार्फत ९० मिनेटसम्म अग्रता बनाएको स्विट्जरल्यान्डले अन्तिम समयमा गोल बेहोर्दै कतारसँग अंक बाँडेको हो।

 

खेलको सुरुवाती समयबाट नै दुवै टिम अट्याकिङ माइन्ड सेटमा खेले। खेलको दोस्रो मिनेटमा नै कतारले राम्रो मौका बनायो। खेलको छैटौं मिनेटमा स्विट्जरल्यान्डको राम्रो प्रहार कतारका गोलकिपर महमुद अबुनाडाले बचाए।

खेलको १७ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमार्फत अग्रता गर्यो। यहि गोल नै निर्धारित ९० मिनेटसम्म स्विट्जरल्यान्डको एक मात्र गाृल थियो निकै मौकाहरु दोस्रो हाफमा पनि बने। तर कतारका गोलकिपर महमुद अबुनाडाले उत्कृष्ट बचाव गरे। उनको गोलकिपिङले स्विट्जरल्यान्डलाई १–० मा रोकिराखेको थियो।

निर्धारित ९० मिनेटमा ६ मिनेट इन्जुरी समय थप गरिएको थियो। जसको पाँचौं मिनेटमा होमाम अहमदले बायाँतर्फबाट दिएको क्रसलाई बोउलेम खोउखीले हेडरमार्फत गोल गरे। यहि गोल मार्फत कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो। सन् २०२२ मा आयोजकको रुपमा विश्वकप खेलेको कतारले २०२६ मा छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएको थियो।

पहिलो विश्वकप २०२२ मा समूह चरणको सम्पूर्ण खेल हार्दै अंक विहिन भएर बाहिरिएको कतारले २०२६ को विश्वकपमा अंक तालिकामा खाता खोलेको छ। समूह बीमा रहेका चार टिमसँग १–१ अंक रहेको छ । यसअघि, समूह बी अन्तर्गतको खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले पनि बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको