काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारेको अभिव्यक्तिमाथि छानबिन समिति गठनको माग गरेको छ । सोमबार राष्ट्रिय सभामा आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद रन्जित कर्णले यस्तो माग राखेका हुन् ।
‘आज यो राष्ट्रिय सभाले विशेष निर्णय गर्नुपर्ने हुन्छ । सम्माननीय प्रधानमन्त्रीजीले बोलेको कुराको कारण के हो ? यसकोबारे छानबिन समिति गठन गर्न म माग गर्दछु’ उनले भने ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको