काठमाडौ – बर्मा, थाइल्याण्ड, मलेसिया, फिजी लगायत संसारका विभिन्न भागहरुमा सोही देशको स्थायी नागरिक भएर बसेका नेपाल मुलका नेपालीहरु ‘पिएनओ’लाई गैर आवसिय नेपाली(एनआरएनए) प्राथमिकता दिएपछि उनीहरुले खुशी व्यक्त गरेका छन् । करिवय १८ वर्षदेखि थाइल्याण्डमा बसोबास गरेका जेम्स कार्कीले एनआरएनएले आफूहरुलाई नेपाली मुलको भनि पहिचान दिन पहल लिने निर्णय लिएकोमा धन्यवाद व्यक्त गर्दै आफू निकै खुशी भएको बताए । वर्मामा जन्मेका उनी लामो समय देखि थाइल्याण्डमा व्यवसाय गर्दै आएका छन् । उनलाई नेपाल पितृ भूमि भएकाले एक पटक सम्मानका साथ पुगेर ढोग्न मन थियो ।
पशुपति नाथ अनि लुम्विनी, स्वयम्भु पुगेर नेपालप्रति सम्मान अनि नेपाललाई केही दिउ मनमा अधुरो इच्छा थियो । एनआरएनले उठाएको मुद्दा सरकारले स्वीकार गरेर पिएनओको पहिचान दिएमा उनी सपरिवार नेपाल आउने बताउछन् । उनीजस्तै मलेसियामा बस्दै आएका देवान राई पनि लामो समय देखिको नेपाली मुलका नेपालीको पहिचानका लागि पहल भइरहेकोप्रति धेरै खुशी छन् । उनको पनि इच्छा आफू र आफ्ना सन्तानलाई गर्वका साथ नेपाल लैजाने अनि मेरो पिता पुर्खाको देश हो भनेर सुनाउने मन छ । यो अव पुरा हुन्छ कि जस्तो उनलाई लागेको छ। कार्की र राई उदाहारणमात्र हुन् । विश्वभर फैलिएका नेपालीमुलका सवैको साझा इच्छा यस्तै भएको भन्दै एनआरएनएको १२औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको थियो । अघिल्लो सरकारले पिएनओलाई सम्वोधन गर्दै भन्दै नागरिकता सम्वन्धी कानुन संशोधन अघि वढाएको थियो । उक्त विधेयक गृह,कानुन मन्त्रालय हुदै परराष्ट्र मन्त्रालय पुगेर होल्डमा बसेको छ। आउँदो सरकारबाट पहिचानको व्यवस्थाको लागि कानुनी व्यवस्था गर्ने एनआरएन पिएनओ संयोजक कुमार कार्कीले आशा व्यक्त गरे । ‘सरकार र एनआरएनएको नेतृत्वबाट यसमा भएको पहलकदमीलाई हामीले सकारात्मक रुपबाट हेरेका छौं ’ उनले ‘छिटै बन्ने नयाा सरकारले यसबारे कानूनी व्यवस्था गरेर पहिचानको अधिकारीलाई सुनिश्चित गर्ने कुरामा हामी आशावादी छौं ।’
एनआरएनएको एकतापछिको महाधिवेशनमा पुर्व अध्यक्षहरु बद्री केसी र महेशकुमार श्रेष्ठले तीनपुस्ताअघिदेखि नै नेपाल छाडेका नेपाल मुलका नेपालीहरुको पहिचान समावेश गरेर परिचयपत्र दिईनु पर्ने कुरालाई महत्वका साथ उठाउदै एनआरएनको घोषणापत्रमा समावेश हुनुपर्ने कुरा उठाएका थिए । नव निर्वाचित कार्यसमितिले नेपाल बाहिरका नेपपालीहरुको सन्दर्भमा महत्वपूर्ण घोषणापत्र जारी गर्नुका साथै डा. हेमराज शर्माको अध्यक्षतामा निर्विरोध भएकाले सवैको अजेण्डा उठाउने तर्क गरे । शर्माले पनि नेपाल मुलका नेपालीहरुको सवाललाई गैरआवासीय नेपालीहरु सम्बन्धी विधेयेकमा अव आउने अधिवेशनमा पेश हुने सक्ने भएकाले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । सयौं वर्षअघि नेपाल छाडेका र अझै नेपाली भाषा, संस्कृतिको अभ्यास गरिरहेका नेपाल मुल भएका नेपालीहरुलाई अब आउने ऐनले समेट्ने विश्वास वहााले व्यक्त गर्नु भएको छ । परराष्ट्र मन्त्रालयद्धारा मस्यौदा भएको नयाा विधेयेकले यस कुरालाई समेट्ने र नेपालमा नयाा स्थायी सरकार गठनको तयारी भएको बेला नेपाल मुलका नेपालीहरुको विषयलाई सरकारले समेत गम्भीरताका साथ लिने उनले उल्लेख गरे । गैरआवासीय नेपाली संघ अन्तर्गतको नेपाल मुलका नेपाली अर्थात पीएनओ समितिले लामो समयदेखि पीएनओका समस्याहरु सरकारका विभिन्न तहमा पुर्याउँदै आएको छ ।
हालै परराष्ट्र मन्त्रालयका सचिव अमृत कुमार राई, गृहमन्त्री ओम प्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, कानून ,न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव पाराश्वर ढुंगाना लगायतका व्यक्तित्वहरुलाई भेटेर नेपाल मुलका नेपालीहरुको बारेमा कानूनी व्यवस्था गर्न यसअघि आफूहरुले राखेका मागहरुको स्मरण गराएको छ । पीएनओसँग सम्बन्धीत रहेका मन्त्रालयहरुले पीएनओका माग सम्बोधन हुनेगरी नयाँ ऐनमा व्यवस्था हुन लागेको बताए । संसारमा भएका नेपालीहरुको हकहितको लागि यसले अघि सारेका मागहरु उनीहरुको पहिचान र नेपाल देशसँग आफ्ना सन्ततीहरुलाई नेपालसँग जोड्ने अभियानको रुपमा समितिले लिएको छ । गैरआवासीय नेपाली संघद्धारा हालै आयोजित विभिन्न प्राविधिक सत्रहरु, उद्घाटन तथा समापन सत्रहरुमा पनि नेपाल मुलका नेपालीहरु सम्बन्धी परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघको नेतृत्व तहले लिएको चासो र सरोकारले यस विषयलाई टुंगोमा पुर्याउने आधारको रुपमा लिएको कुरा समितिले जनाएको छ । बर्मा, थाइल्याण्ड, मलेसिया, फिजी लगायत संसारका विभिन्न भागहरुमा स्थायी नागरिक भएर बसेका नेपाल मुलका नेपालीहरुले आउँदो सरकारबाट पहिचानको व्यवस्थाको लागि कानुनी व्यवस्था गर्ने संयोजक कुमार कार्कीले आशा व्यक्त गर्नु भएको छ । ‘सरकार र एनआरएनएको नेतृत्वबाट यसमा भएको पहलकदमीलाई हामीले सकारात्मक रुपबाट हेरेका छौं । छिटै बन्ने नयाा सरकारले यसबारे कानूनी व्यवस्था गरेर पहिचानको अधिकारीलाई सुनिश्चित गर्ने कुरामा हामी आशावादी छौं ’कार्कीले भने । एनआरएनको स्थापना भएको लामो समय भएतापनि गत केही वर्षदेखि पीपुल अफ नेपाली ओरिजिन अर्थात नेपाल मुलका नेपालीहरुको सांस्कृतिक अधिकार छलफलको विषय बन्दै आएको छ । वर्तमान नव निर्वाचित समितिबाट यस विषयमा गम्भीरतापुर्वक र समाधानमुखी कार्य हुने विश्वास पीएनओहरुको रहेको छ ।



