- विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसको दोस्रो बिशेष महाधिवेशन यहि पुस २७ र २८ गते काठमाडौमा गर्नेगरि पत्रकार सम्मेलन गरेर साथीहरूले आह्वान गरिसक्नु भएको छ ! उहाँहरुको आह्वान लगत्तै हामी दुई महामन्त्रीले संयुक्त वक्तव्य दिएर यसमा सहभागी हुने घोषणा गरिसकेका छौं र सहभागी बन्न सबैलाई आह्वान गरिसकेका छौं l
यसकाबारे ५ प्रश्नमा म पार्टीका साथीहरू, प्रेसका साथीहरू र अरु सबैको जिज्ञासा हल गर्ने प्रयास गर्दैछु !
# शुरुमा थोरै भुमिकामा जाउँ –
*नेपाली काँग्रेसको पहिलो बिशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सहि मार्गमा सहि ढंगले अघि बढ्न दुरदृस्टी र दृढ इच्छाशक्ति दिएको थियो
* दोस्रो बिशेष महाधिवेशन भिन्न रास्ट्रीय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बिचमा भइरहेकोे छ
*
* यो संवेदनशील घडिमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ
* अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृस्टी, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नु परेको छ
अब ५ प्रश्नमा जाउँ
१) पहिलो प्रश्न – विशेष महाधिवेशनले कतै `पार्टी विभाजन त हुन्न नि´ साथीहरू स्वदेश र बिदेशबाट शोधिरहनु भएको छ l
मैले स्पष्ट भन्ने गरेको छु- बिशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन, त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबभन्दा पहिला विश्वप्रकाश शर्मा बाहिर निक्लनेछ । अनि सबै सँगै निक्लौंला । पार्टीलाई विभाजन हुनबाट जोगाउँला ।
२) दोस्रो प्रश्न – के यो बैधानिक छ ?
एकदम बैधानिक छ ।
* बिधानको धारा १७ को २ भन्छ- केन्द्रीय समितिले आवश्यक ठानेमा बिशेष महाधिवेशन आयोजना हुन्छ l उसो भए केन्द्रीय समितिले आवश्यक नठानेमा बिशेष महाधिवेशन हुन्छ कि हुँदैन ?
हुन्छ
* किनकि त्यही दफा अगाडी भन्छ- पार्टीका ४०% महाधिवेशन प्रतिनिधिले लिखित रूपमा बिशेष कारण उल्लेख गरि माग गरेमा ३ महिनाभित्र बिशेष महाधिवेशन बोलाउने व्यवस्था छ र यो बाध्यकारी छ l
३) त्यस्तो बिशेष कारण के पर्यो त ? तेस्रो प्रश्न
* तपाईं हामी सबै जान्दछौं अहिलेको नेपाल भदौ २३ अगाडिको नेपाल होइन । समय, परिस्थिति, हाम्रो चुनौती र हाम्रो दायित्व सबै बदलिएको छ ।
* त्यसैले बिशेष महाधिवेशन मार्फत हामीले एउटै थलोमा उभिएर केही नयाँ दृस्टी बनाउनु छ, केही नयाँ संकल्प लिनुछ ।
* त्यसैले बिशेष परिस्थिति , बिशेष निर्णय, बिशेष महाधिवेशन ।
४) हस्ताक्षर नगरेका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुन मिल्छ कि मिल्दैन ?
कतिपय जिल्लाबाट यस्तो जिज्ञासा पनि साथीहरूले राख्नु भएको छ
• अवश्य मिल्छ । विशेष महाधिवेशन माग गरिरहँदा हस्ताक्षर गर्नुभएका साथीहरूको मात्रै होइन बिशेष महाधिवेशन । त्यसैले महाधिवेशन प्रतिनिधि जोकोही साथी यसमा सहभागी बन्न सक्नुहुन्छ । २७ गते भृकुटीमण्डपमा हुने भब्य उद्घाटन समारोहमा त झन् सबै तहका साथीहरूलाई स्वागत छ ।
५) बिशेष महाधिवेशनतिर लागेपछि माघ ६ को उम्मेदवारी दर्ता र फागुन २१ को चुनावलाई असर गर्दैन ? यो पाँचौ प्रश्नमा म स्पष्ट गर्न चाहन्छु-
मुर्झाएर बसेको काँग्रेस भन्दा जुर्मुराएर मैदानमा जुट्ने काँग्रेसले बढी परिणाम दिन्छ । बिशेष महाधिवेशनमा जुटौं , यसलाई भब्यतापुर्वक सम्पन्न गरौं अनि माघ ६ गते उम्मेदवारी दर्तामा पनि सबै पुगौंला । अनि एक ढिक्का भएर फागुन २१ को निर्वाचनको सामना पनि गरौंला ।
बिधानको रक्षा र समयको जिम्मेवारी बोध
बदलिएको समयको जिम्मेवारी बोध गर्दै हामीले आफुलाई बदल्नु छ । म फेरिपनी दोहोर्याउँछु- बिधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन, बरु पार्टीको बिधानको रक्षा गर्नु हो । यसमा पार्टीका सबै आदरणीय साथीहरू स्पष्ट बन्नुभए हुन्छ ।
अन्त्यमा बिशेष महाधिवेशनमा जुटिरहेका सबै आदरणीय साथीहरूलाई आग्रह छ -प्रश्न या असहमति जोडले राख्नुस्, तर असहमतसँग पनि नम्रताले प्रस्तुत हुनुस् । हेक्का राखौं- बम बिस्फोटन ठूलो स्वरमा हुन्छ, विचारको प्रस्फुटन मधुर हुन्छ ।
बिशेष महाधिवेशन `बदलिएको समयको काँग्रेसका लागि हो, बदल्नुपर्ने देशका लागी´ हो ।

