काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ सिटिईभिटी केन्द्रीय समन्वय समितिले ७२ घण्टे अल्टिमेटमसहपत सिटिईभिटीमा ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ सिटिईभिटी केन्द्रीय समन्वय समितिक अध्यक्ष कुम्म देउवाको नेतृत्वको टोलीले सिटिईभिटीका सदस्य सचिव महेश भट्टराई समक्ष सिटिईभिटी सुधारका लागी देशैभर विभिन्न शैक्षिक संस्थामा पठनपाठन गरिरहेका विधार्थी, शैक्षिक संस्था र सिटिईभिटी केन्द्रीय कार्यालय संग सरोकार राख्ने महत्वपूर्ण २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
नेविसंघ सिटिईभिटी केन्द्रीय समन्वय समितिको अध्यक्षमा संगठनको विधि, विधान र मर्यादालाई आत्मसात गर्दै आधिकारिक रुपमा नेपाल विधार्थि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले देउवालाई सिटिईभिटी केन्द्रीय समन्वय समितिको अध्यक्षमा मनोनीत गरे लगत्तै उनले विद्यार्थी हक हितका सवाललाई उठाइरहेका छन् ।
अध्यक्ष देउवा नेतृत्वको टोलीले बुझाएको २२ बुदे मागपत्र ७२ घन्टामा पूरा गर्न अल्टिमेटम दिईएको छ । यदि ७२ घन्टा भित्र वार्ता मार्फत एकएक मागको सुनुवाइ नभए जस्ताेसुकै कदम चाल्न बाध्य हुने पनि चेतावनी दिइएकाे छ । ज्ञापनपत्रमा विधार्थीका मुद्धा र प्राविधिक शिक्षा सुधारका महत्त्वपूर्ण माग रहेको अध्यक्ष देउवाले बताए।

