-कल्याण गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय सभापति आदरणीय श्री शेर बहादुर देउवा र आदरणीय कार्यवाहक सभापति श्री पुर्ण बहादुर खडकाको अथक प्रयास, अधिकतम लचकता र शालिन सदासयताको कारणले नेपाली कांग्रेसको १५औं महाधिवेशनको सन्दर्भमा भएको छलफलबाट पुष मसान्त भित्रको महाधिवेशनको कार्य तालिका ल्याउने हिजो निम्न भद्र सहमति भएको सुनिन आएको छ ।
१. नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ पुष मसान्त भित्र सन्पन्न गर्ने ।
२. २०८२ पुष मसान्त भित्र महाधिवेशन सम्पन्न गर्ने गरि कार्य तालिका ल्याउने ।
३. महाधिवेशन सम्पन्न गर्न केन्द्रीय क्रियाशील छानविन समिति लगायत व्यवस्थापन गर्न आवश्यक समितिहरु निर्माण गर्ने ।
४. निर्वाचनलाई केन्द्रीकृत गरि आवश्यक समितिहरु निर्माण गर्ने ।
यदि यस प्रकारको भद्र सहमति भएको हो भने धेरै साथीहरु निर्वाचन पछि बैसाखमा महाधिवेशन गर्नु पर्छ भन्ने पक्षमा रहदा रहदै पनि आदरणीय बर्तमान सभापति र आदरणीय कार्यवाहक सभापति ज्यूहरुको अथक प्रयास, अधिकतम लचकता र शालिन सदासयताको सम्मान गर्दै वहांहरुले गर्नु भएको भद्र सहमतिलाई स्विकार गर्दछु र स्वागत पनि गर्दछु ।
यसको साथसाथै पार्टीका सम्पुर्ण साथीहरुलाई पनि महाधिवेशनको विषयमा रहेका आ-आफ्ना अनेकौं मतहरुलाई हाल थाती राख्दै आदरणीय बर्तमान सभापति र कार्यवाहक सभापति ज्युहरुको अथक मेहनत, अधिकतम लचकता र शालिन सदासयताको सम्मान गर्दै हाल २०८२ को पुष मसान्त भित्र पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्ने भद्र सहमतिलाई स्विकार र सहयोग गर्दै महाधिवेशन र चुनावको तयारी गर्न हार्दिक अनुरोध पनि गर्दछु ।
२०८२ पुष मसान्त भित्र महाधिवेशन सम्पन्न गर्ने भद्र सहमति निर्माण गर्न आदरणीय वर्तमान सभापति र कार्यवाहक सभापति ज्यूहरुलाई साथ, सहयोग र अथक मेहनत गर्नु हुने पार्टीका उप सभापति, महामन्त्रीहरु, सह- महामन्त्रीहरु, पुर्व पदाधिकारीहरु, पार्टीका नेता डा. शेखर कोईराला र केही केन्द्रीय सदस्यहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
वहांहरुको अथक प्रयासले सार्थकता पाउन सकोस्, शुभकामना छ ।
हामी सबै २०८२ पुष मसान्त भित्र पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्न तन, मन र वचनले दत्तचित्त भएर लागौं ।
कार्य तालिका आउने मिति २०८२ पुष मसान्त भित्र नै १५औं महाधिवेशन हामी सबै मिलेर भव्यताका साथ सम्पन्न गरौं ।



