विजय कुमार पाण्डे । नेपाली समाज र राजनीतिमा दूरगामी महत्वको फैसला गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ। कांग्रेसका अगाडि — संगठनात्मक र भावनात्मक रूपमा एउटै पार्टीका रूपमा रहन चुनौती छ।

एउटा मध्यममार्गी र मोडरेट संस्कारयुक्त पार्टीको भूमिका निभाउन नसक्ने हो भने, नेपाली कांग्रेसको हालत धेरै छिट्टै त्यही हुनेछ — जुन इतिहासमा धेरै पार्टीहरूको भयो।

आज हुने केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले बोलेपछि उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापा तथा उनका सहयात्री महामन्त्री र उपस्थित सबै सदस्यहरूले वातावरणलाई कसरी अगाडि लैजानेछन् ? त्यसैबाट यो पार्टीको संस्कार, सिद्धान्त र भविष्यको अन्दाज गर्न सकिनेछ।

‘आफूपछि कार्यवाहक सभापति को?’ — मेरो विचारमा सभापति शेरबहादुर देउवाले यो सवालको जवाफ केन्द्रीय समितिको बैठकलाई नै छोड्दा उत्तम हुन्छ।

पूर्णबहादुर खड्काजी वा शेखर कोइरालाजी दुबैसँग इतिहासको यो संवेदनशील घडीमा आफ्नै विवेक र परम्पराको पालन गर्ने अपेक्षा गरौं। साथै, महामन्त्री गगन थापाजीले र बाकी पदाधिकारी र केन्द्रिय सदस्य समेतले पनि कांग्रेस इतिहासका परम्परा, समयको पदचाप र भविष्यका चुनौतीको केही अनुमान गर्नुभएको नै होला।

कसैलाई मन परे पनि नपरे पनि, नेपाली कांग्रेसले लिने निर्णयहरूले राणाकालदेखि आजसम्म नेपाली समाज र समग्र राजनीतिलाई थोरबहुत हदमा प्रभावित पार्दै आएको छ। कांग्रेस पार्टीसँग अब त्यो क्षमता र विश्वसनीयता कति बाँकी छ वा छैन ?

आज ‘फर्स्ट पेपर’को परीक्षा सुरु हुँदैछ। केन्द्रीय समितिका सबै परीक्षार्थीलाई गुड लक !

(विजयकुमारकाे फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर