काठमाडौं: गृहमन्त्री रमेश लेखकले आज भएकाे आन्दाेलनमा १९ जनाकाे ज्यान गएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएका छन्।बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए। साे क्रममा संसद भवनमा आन्दोलनकारी प्रवेश गरेपछि हिंसा भड्किएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर