लुम्बिनी, फागुन २१ । बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको बुधबार उद्घाटन गरिएको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहका विच त्रिपिटक ९पाठ० को उद्घाटन गरेका हुन्।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको संकेत देखा परेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताए।

उनले बुद्धको शिक्षाहरुलाई पुर्नताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने बताए। बुद्धजन्मस्थल लुम्बिीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड छ। उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाव दिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० ले बुद्धका उपदेशहरुलाई विश्वभर फैलाउन त्रिपिटक पाठ समरोह फलदायी हुने बताए । उनले त्रिपिटक पाठ बुद्धका शिक्षाहरुको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ ठूलो संख्यामा गर्दै जानुपर्ने बताए। यस्तै उद्घाटन समरोहमा आठौं संघनायक नेपालका भिक्षु बोधिसेन महास्थविरले लुम्बिनी आउदा आनन्द प्राप्त हुने बताउँदै मायादेवी मन्दिरको नामको सट्टा बुद्धभूमि राख्दा त्यसले विश्वभर सन्देश जाने बताए। उनले त्रिपिटक पाठ यहाँ गर्दा मायादेवी भन्दा त्यसले लुम्बिनीलाई ओझेलमा पारेको बताए।

यस्तै कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङले लुम्बिनी क्षेत्र अध्यारो देखिएको बताउँदै मायादेवी परिसर सहितको क्षेत्रलाई ‘स्प्रिच्यूल लाईटिङ’ बनाउने प्रतिबद्धता जनाए। कार्यक्रमा त्रिपिटक उद्घाटन समरोहमा थाई राजगुरु, अखिल नेपाल भिक्षु महासंघका सभापती भिक्षु धम्मसोभन महास्थविर, महासचिव महासचिव भिक्षु धर्मगुप्त महास्थविर, सचिव निग्रोध महास्थविर, आइबिसिका महासचिव रिपोंछे जगछुप छोदेन, श्रीलंकाका राजदुत चमेरा रुवाङ्गी मुनासिंगे, थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, म्यानमारका राजदूत म्यूम्यून्ट माउङ, भिक्षु वजिरा, उपासक वाङमो डिक्सिले बोल्दै लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिप्रयहरुको पवित्र स्थल भएकाले त्रिपिटक पाठले बुद्धको उपदेश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

त्रिपिटक पाठ वाचन समारोहमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, राजेश शाक्य विभिन्न देशबाट आएका भिक्षु, लामा, उपासक उपासिका, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। उक्त अवसरमा उपप्रधानमन्त्री सिंहले त्रिपिटक पाठ संग्रह पुस्तकको विमोचन गरेका थिए। गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थका रुपमा त्रिपिटकलाई लिईन्छ। अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो।

हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ। आगामि २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोहमा बर्षाका कारण मायादेवी परिसरमा गरिने भनिएको त्रिपिटक वाचन विहान साँढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ हुने प्रचार प्रसार संयोजक भिक्षु बिमलो स्थविरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको