पाेखरा : मनाङबाट निर्वाचित सांसद दिपक मनाङ्गे पुन स्वतन्त्र सांसद हुने भएका छन्। स्वतन्त्र सांसद निर्विराेध जितेका उनी पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनले आइतबार पुन स्वतन्त्र सांसद बनी पाउँ भन्दै निवेदन दिएका छन्।

मनाङ्गेकाे सचिवालयका अनुसार- गण्डकी प्रदेश सभाका सदस्य मा. राजिव गुरुङ ज्यूले आजकै मितिदेखि लागु हुने गरि दलिय आवद्धता त्याग गर्नुभएको छ।बिना कारण र अनयासै केन्द्रमा फेरिई रहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन आफु सधैं प्रतिवद्ध रहेको उहांको भनाइ छ।

केन्द्रकै गठबन्धन गण्डकीमा कायम रहंदा पनि एमाले माओवादी गठबन्धनलाई बहुमत पुर्याउन सहज अवस्था देखिंदैन। त्यसो हुंदा मौजुदा गण्डकी प्रदेश सभा विघटन हुने र मद्यावधि मा जान सक्ने खतरा देखिन्छ।

आफु मद्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको उहांको तर्क छ। त्यसैले आफु स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदिय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिबलाई निवेदन पेश गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको