काठमाडौ : नेपाल विद्यार्थी संघकाे १२ ओै महाधिवेशन असार ११ मा गर्ने गरि प्रस्ताव गरिएकाे छ । कांग्रेस महासमिति बैठकमा अध्यक्ष दुजाङ शेर्पाले महाधिवेशनकाे मिति र कार्यतालिका छलफलमा ल्याएका हुन्  ।

संघकाे केन्द्रीय समिति बैठक फागुन १५ मा बस्दैछ । साेही बैठकले मिति ताेक्ने कार्यसूची छ । त्यस्तै, नेपाल विद्यार्थी संघले पनि जारी कांग्रेसको महासमिति बैठकमा राजनीतिक, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश तथा शिक्षा नीति प्रस्ताव गरेको छ ।

अध्यक्ष दुजाङ शेर्पाले छलफलका लागि प्रस्ताव गरेको शिक्षा नीतिमा नेपाल सरकारले अन्तर्राष्ट्रिय फोरममा जाहेर गरेका प्रतिवद्धता अनुरुप तीनैवटा तहका सरकारले कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा र अध्ययन अनुसन्धान क्षेत्रका लागि विनियोजनको सुनिश्चितता गरिनुपर्ने भनेका छन् ।

यस्ताे छ प्रस्तावित कार्यतालिका 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर