काठमाडौं : अब नेपाली कागजातकै आधारमा भारतमा सिमकार्ड लिनसकिने भएकाे छ । भारतका लागि नेपाली राजदूूत शंकर शर्माले राजदूतावासकाे आग्रहपछि साे निर्णय भएकाे बताए ।
`अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो,´ शर्माले भने,“राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो!´
हाल भारतमा उपचार,घुमघामलगायतकाे काममा जाने नेपालीहरूले सिम झिक्न नपाउँदा भारतमा समस्या भाेगिरहेका छन् ।



