काठमाडौं : नेपाल विद्यार्थी संघकाे हालकाे कार्यसमितिकाे पहिलाे केन्द्रीय समिति बैठक फागुन १५ गते बस्ने भएकाे छ । संंघका अध्यक्ष दुजाङ शेर्पाले साेमबार विज्ञप्ति जारी गरि बैठक आव्हान गरेका हुन् ।

गत साउन २२ गते संघकाे ७ सय १० सदस्यीय केन्द्रीय कार्यसमिती विस्तार गरिएकाे थियाे । समितिले पूर्णता पाएकाे ७ महिनापछि तदर्थ समितिकाे बैठक बाेलाइएकाे छ । बैठकमा नेविसंघको वार्षिक क्यालेन्डर, महाधिवेशनकाे मिति ताेक्ने लगायतका शैक्षिक, राजनीतिक गरि १५ वटा एजेन्डामा छलफल हुने अध्यक्ष शेर्पाले बताए ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर