फागुन ५ काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं महासमिति सदस्य सुनिलकुमार शर्माले कांग्रेस रूपान्तरणका लागि १५ पृष्ठ लामाे अवधारणा अघि सारेका छन्। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरि शर्माले आफ्नाे धारणा प्रस्तुत गरे।
शर्माले अहिलेकाे सत्ता गठवन्धन अप्राकृति भन्दै कांग्रेसले गठबन्धन ताेड्दै कांग्रेस नेतृत्वमा लाेकतान्त्रिक शक्तिहरू समेटेर सरकार निरमाण गर्नुपर्ने प्रस्ताव गरेका छन्।
उनले वडादेखि केन्द्रसम्मको सभापति र दुईतिहाइ पदाधिकारी निर्वाचित गर्ने र एकतिहाइ पदाधिकारी सभापतिले मनोनीत गरी समिति बनाउने व्यवस्था गर्नुपर्ने र सभापतिले समितिभित्रै अल्पमतमा परेर काम गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।
‘आसन्न यहि फागुन ७गते नेपाली कांग्रेसकाे महासमिति वैठकका सन्दर्भमा मैले नेपाली काँग्रेस र मुलुककाे रुपान्तरणका लागि आफ्नाे प्रस्ताव ल्याएकाे छु। अहिले कांग्रेसकाे महासमिति वैठकले काँग्रेस र मुलुकलाई दिशानिर्देश गर्ने नीति ल्याउछ कि ल्याउदैन ? भन्ने आम चासाेकाे विषय छ,’ उनले प्रस्तावमा भनेका छन् `भविष्यमा मुखै अगाडि मृत्यु देख्दा देख्दै रुसि सेनाका भर्ति हुन जाने वाध्यतामा रहेकाे नेपाली युवा, आफुले चाहेकाे विषय सर्वसुलभ रुपमा पढ्न पाउने अधिकारवाट वञ्चित भएकाे दुर्गम गाउँकाे विधार्थी, पैसा नभएर स्वास्थ्य उपचार गराउन नसकि मृत्युवरण हुन परिरहेका जनता, राेजगारि नपाएर खाडि मुलुककाे ५० डिग्रि तापक्रममा छाला निस्कने गरि फ्नाे पसिना वगाउन वाध्य नेपाली युवा, भ्रष्टाचार र कुशासनले थिलाेेथिलाे भएकाे राज्य संयन्त्र र समिति व्यक्तिकाे कव्जामा रहने पार्टि प्रणालि र सरकार निर्माणकाे ढाचा लगायतका नेपाली काँग्रेस र मुलुकका वर्तमानका यावत समस्याका सम्वन्धमा नेपाली कांग्रेस कानमा तेल हालेर बस्न मिल्दैन्। ´
कांग्रेस आफ्नाे नीतिम प्रस्ट हुनुपर्ने भन्दै उनले सरकारलाई शुसासन, डेलिभरि सहित जनमुखि वनाउनुपर्ने धारणा राखेका छन्।`लाेकप्रियतावादि र अतिवादिहरु अहिले नेपाली कांग्रेसका मेख्य चुनाैति हुन्। कांग्रेस जनप्रिय, जनताकाे भराेषायाेग्य पार्टि वनाउने र अाफ्नाे नेतृत्व जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्व गरिनुहुदैन्। अप्राकृतिक गठवन्धनका कारण नेपाली काँग्रेस अहिले जनताप्रतिकाे जिम्मेवारीवाट विमुख भइराखेकाे जनताले प्रश्न उठाइरहेक छन्´ शर्माले भनेका छन्।



