फागुन ४ काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले हिन्दु राष्ट्रको विषयमा महासमितिको बैठकमा निर्णयार्थ पेश गर्न माग गरेका छन्।

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्तावमा धारणा राख्दै उनले हिन्दु राष्ट्रको विषय पनि प्रस्तावमा ल्याउन माग गरे।

त्यस्तै, उनले चुनाप अघि गठबन्धन गर्न नहुनेमा पनि जोड दिएका थिए। कँडेलले नीति प्रस्तावमा तत्कालिन आतंककारी माओवादीबाट मारिएकाहरूमा श्रद्धा सम्मान भन्ने वाक्य थप्न सुझाएका छन्। त्यस्तै उनले भ्रष्टाचारको आरोपमा पार्टीका जुनसुकै तहका नेतामाथि अख्तियारले गर्ने छानविन पश्चात अदालतमा मुद्धा दर्ता भई कारवाहिको प्रक्रिया सम्बन्धि अदालतबाट निर्णय नभएसम्म पार्टीको कुनै पनि तहमा वा सार्वजनिक पदमा बस्न नमिल्ने कठोर निर्णय कांग्रेसले लिनुपर्ने उनकाे प्रस्ताव छ  ।

हेर्नुस् केन्द्रीय समितिमा कँडेलले पेश गरेकाे प्रस्ताव –

No description available.

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर